कुवेतमा मदिरा उद्योगबाट आठ नेपाली पक्राउ


कुवेत,२५ भदौँ । कुवेतको एक अवैध मदिरा उद्योगबाट आठ नेपाली पक्राउ परेका छन् ।

पक्राउ परेका आठ नेपालीलाई सोधपुछका लागि पठाइएको छ । त्यसपछि उनीहरुलाई डिपोर्ट गरेर आफ्नो घर पठाउने प्रक्रिया शुरु गरिनेछ ।

सुरक्षा अधिकारीहरुले छापा मार्ने क्रममा ठूलो संख्यामा रक्सीका बोतलहरु, रक्सी उत्पादनका उपकरणहरु पनि बरामद गरेका थिए ।

कुवेत सरकारले अवैध मदिरा फ्याक्ट्री बन्द गराउने अभियानअन्तर्गत तीन अपार्टमेन्टमा छापा मारेको थियो । यी अपार्टमेन्टहरुलाई रक्सी बनाउने कारखानामा परिणत गरिएको थियो ।

प्रहरीले तीन अवैध गतिविधिहरु हुने गरेको सूचनाको आधारमा छापा मारेको अरब टाइम्स न्युजमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्