बलात्कार आरोपमा शिक्षकसहित तीन जना पक्राउ


बैतडी, २४ भदौं । बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पनैमा शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जनाएका छन् ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई ललाइफकाई वा मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ । ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटक पटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

‘हामीले घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौं । पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौं । यो घटनामा संलग्न भएका कसैलाई पनि नछाडिने अधिकारीले बताएका छन् ।

पीडित किशोरीसँगै उनका श्रीमान् र एक जना दाजु समेत सदरमुकाम पुगेका छन्

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उनी विद्यालयमै शिक्षकबाट बलात्कृत भएको घटना सार्वजनिक भएको हो । बलात्कारको घटना केही महिना अघिकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्