ठूलो पानी पनै भएकोले सर्तकता अपनाउन महाशाखाको आग्रह


काठमाडौं, २४ भदौं । देशका अधिकांश स्थानमा आज (बुधबार) देखि ठूलो पानी पर्ने भएकोले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले खोला तथा नदीमा पानीको वहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक यातायात अवरुद्ध हुन सक्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेको हो ।

आज प्रदेश– १, २, बागमती, गण्डकी र प्रदेश–५ का विभिन्न स्थानमा भारी वर्षा हुने जनाइएको छ । आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बद्ली भई हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

पूर्वका मेची, निन्दा, बिरिङ, मावा रतुवा र कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले १० बजे सम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ ।

यस्तै आज बिहान नारायणगढ मुग्लिन सडक खण्डको कालीखोला आसपासमा अति ठूलो वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको उच्च जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्