अर्घाखाँचीमा कोरोनाको कारण एक पुरुषको मृत्यु


अर्घाखाँची, २३ भदौं । अर्घाखाँची सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको कोरोनाको कारणले मृत्यु भएको छ ।

पर्साको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल उपचारकै क्रममा आज बिहान ९ ः २० बजे मृत्यु हो ।

मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । दायाँ करङ र नाडी भाँचिएका उनको १४ दिनपछि अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि उनी भैरहवाकै भीम अस्पतालमा रिफर भएका थिए । भीम अस्पतालले समेत कोरोना संक्रमितको शल्यक्रिया गर्न जोखिम हुने भएकोले ११ गते कोहलपुर रिफर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्