ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ


काठमाडौं,२३ भदौ । ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई नेपाल प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अहिले अनुसन्धान जारी रहेकाले पत्रकार सम्मेलन गरेरै जानकारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्