युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी जवान पक्राउ


 काठमाडौं, २२ भदौं । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ रहेको गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

युवतीले जबरजस्ती करणी गरेको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको डीएसपी भण्डारीले जनाएका छन् । भण्डारीले भने ‘अहिले म्याद थप गर्न पठाएका छौं’ ।

प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।

जाहेरीपछि प्रहरी उनको स्वास्थ्य परीक्षण समेत गराएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन । म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।

प्रतिक्रिया दिनुहोस्