१८ भदौबाट जग्गा कित्ताकाट खुल्ला


काठमाडौं,२२ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौबाट जग्गा कित्ताकाट खुल्ला गरेकी छन् ।

२०७४ सालमा देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्नु तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले निर्णय गरेका थिए ।

‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ ।

मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्