न्यायको गुहारमा आमा, अभियुक्त भने फरार : बालिका करणी काण्ड


बेलबारी, १५ भदौ – मोरङको बेलबारी नगरपालिकाकी एक दलित बालिकाको बलात्कारको घट्नाले फेरी यो समाजमा हाम्रो छोरी चेली सुरक्षित छैनन् भन्ने अनुभूति गराएको छ । यस्ता जघन्य आपराधिक घटनको कानुनी सजाय नेपालमा कमजोर भएर नै घटिरहेको हो की भन्ने सर्वसाधारणको मानसिकतामा उत्पन्न हुने गर्छ ।

निगुरो टिप्न सँगै जंगल गएका वर्ष ११, १२, १३ का कलिला बालकलाई नियन्त्रणमा लिएर मार्ने सम्मको धम्की दिएर जबरजस्ती १६ वर्षकी बालिकाको बलात्कार गर्न लगाएर आफूले पनि सोही कुकार्य गर्ने अभियुक्त वर्ष ४० का होम तामाङ अहिले फरार छन् । यो घटना भदौ ९ गते मंगलबार भएको हो ।

बालिकाको आफ्नै समुदायका भाइ पर्ने कलिला बालकहरूलाई त्यस्तो कुकार्य गर्न लगाउने अभियुक्त होम तामाङ मानवताहीन अपराधीको पराकास्ट बनेका छन् । निगुरो टिप्न गएकी अबोध बालिकाको जीवन नै बरबाद गर्ने फरार अभियुक्त होमको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले जनाएका छन् ।

बालिकाको अवस्था र घट्नाको पूर्ण अर्थात् बुझ उक्त बालिकाको घर पुग्दा न्यायका लागि गुहारी रहेकी बालिकाको आमाको आशुले सबैलाई मर्माहित बनायो ।

पीडित बालिकाको अवस्था बुझ्न, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुली पनि उनको घर पुगेकी थिइन । पराजुलीले बालिकाको न्यायको लागि स्थानीय सरकारको सहायता रहने र सम्बन्धी निकायमा पहल गर्ने बताइकी छिन । घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा सजाय हुनु पर्ने उपप्रमुख पराजुली बत्ताऊ छिन ।

प्रतिक्रिया दिनुहोस्