“घिसिङलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको, सरकारले हैन” : प्रवक्ता डा. खतिवडा


काठमाडौं, ११ भदौ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएको सामाजिक सञ्जालमा चर्चा पाएको बेला सरकारका प्रवक्ता डा.युवराज खतिवडाले घिसिङलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधिएको प्रश्नमा मन्त्री खतिवडाले अहिलेसम्म प्राधिकरणको कार्यकारी नियुक्तिको विषयमा सरकारले कुनै निर्णय नगरेको स्पष्ट पारेका हुन ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले थपे, ‘तर मन्त्रिपरिषद्मा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धी छलफल पनि केही भएको होइन ।’ घिसिङले भने आफ्नो नाममा ‘फेक अकाउन्ट’ बनाई आफ्नाबारे गलत भ्रम सिर्जना गराइएको स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्