काठमाडौँ । देशको ४३औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता रहेका शाहलाई शुक्रवार बिहान राष्ट्रपति रामचन्द्र पौडेल ले प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिबाट नियुक्तिपछि नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ । शीतल निवासमा आयोजना हुने औपचारिक समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराउनेछन् ।


