काठमाडौँ । शनिवार र आइतबार लगातार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेहरूको संख्या ४९ पुगेको छ। सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी इलाम जिल्लामा मात्र ३७ जनाको ज्यान गएको छ ।
पाँचथरमा भएको सवारी दुर्घटनामा परी थप ६ जनाले ज्यान गुमाएका छन् भने रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैबिच बाढी र पहिरोका कारण ७ जना अझै बेपत्ता रहेको र २० भन्दा बढी घाइते भएका जनाइएको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सरकार र सुरक्षाकर्मीहरूले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक पर्दा सुरक्षित स्थानमा सारिन पनि अनुरोध गरेका छन् ।