बेलबारी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु बेलबारी नगर कमिटीको अध्यक्षमा कर्ण गिरी निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न अनेरास्ववियु बेलबारीको चौथो नगर सम्मेलनद्वारा गिरी सर्वसम्मत निर्वाचित भएका हुन ।
त्यस्तै उपाध्यक्ष तारा चौलागाईं, सचिव शंकर थापा, केशव पौडेल, रितेश रिजाल, अनिशा राई, दीपक बस्नेत, इङ्गल्यान्ड राई, सह–सचिव दिपिना सुवेदी, कोषाध्यक्ष सुजन तामाङ, सदस्यहरू प्रदीप गुरुङ, दावा तामाङ, अनित राई, डेजिना तोलाङ्गि, रोजिना राई, रोशन पौडेल, आदित्य दाहाल, सरिता तामाङ, रोशन राउत, विकास श्रेष्ठ, सिर्जन कोइराला, सबल राई, मदन लिम्बु निर्वाचित भएका छन् ।