बेलबारी ४ फाइनलमा, शनिवार ३ सँग भिड्ने निश्चित : सातौँ बेलबारी मेयर कप


शिशिर राई – बेलबारी । सातौँ बेलबारी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा बेलबारी वडा नं.३ र ४ भिड्ने निश्चित भएको छ । बिहीबार भएको अन्तिम सेमिफाइनलमा वडा नं.२ लाई हराउँदै ४ फाइनलमा प्रवेश गरेसँगै वडा नं.३ सँग फाइनलमा भिड्ने निश्चित भएको हो ।

बेलबारी वडा नं.४ ले २–१ गोलको अन्तरले २ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो हाफमा वडा नं.२ ले ८ मिनेटमा गोल गरे तर वडा नं.४ बाट भने गोल हुन सकेन । दोस्रो हाफमा भने १ गोलको विरुद्ध ४४ मिनेटमा इसान कोइराला र ४८ मिनेटमा आयुस कार्कीले गोल गर्दै वडा नं.४ ले फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

आजको खेलको मेन अफ द म्याच बेलबारी ४ का खेलाडी इसान कोइराला घोषित भएका छन् । फाइनल २६ गते शनिवार हुने छ ।

प्रतिक्रिया दिनुहोस्