बेलचौरी फाइनलमा : दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिता (फोटो फिचर)


तृष्ना कुलुङ्ग राई – बेलबारी । दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगितामा बेलचौरी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । बेलबारी वडा नं. १ स्थित सिसौली खेल मैदानमा जारी प्रतियोगिताको पाँचौँ दिन बेलचौरी फुटबल क्लबले १–० गोलको अन्तरले जहदा फुटबल क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

बेलचौरीका खेलाडी जर्सी नं. ६ का राजिन धामीले ७ मिनेटमै गोल गरेका थिए । धामीले गोल गरेसँगै जहदा माथि तनावको स्थिति सिर्जना भएको थियो । त्यसपछिको खेल भने निकै आक्रामक देखियो ।

जहदाले पटक पटक गोल पोष्टमा पुगेर प्रहार गर्ने अवसर पाए पनि गोल गर्न असफल रहे । धामीको गोल नै बेलचौरीको लागी निर्णायक रह्यो । र जहदा प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको मेन अफ द म्याच बेलचौरी फुटबल क्लबका गोलकिपर अजय डाँगी घोषित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि महेन्द्र सुवेदीले ट्रफीसहित नगद पुरस्कार रु.१ हजार ५ सय प्रदान गरे । भोलि इटहरी फुटबल क्लब र लेटाङ फुटबल क्लबबिच प्रतिस्पर्धा हुने सिसौली यूथ क्लबका अध्यक्ष सुमन धिमालले जनाएका छन् ।

फोटो – अभिजित तामाङ

प्रतिक्रिया दिनुहोस्