आफ्नै दुई छोरीको हत्या गर्ने आमा अस्मिता पक्राउ : श्रीमानसँग विवादको कारण विष खुवाएको स्विकारिन


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका वडा नं.७ स्थित मालती टोल निवासी अस्मिता पौडेलले दुई छोरीको हत्या गरेको स्विकारेकी छिन । जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान अनुसार अभियुक्त अस्मिताले श्रीमान् अर्जुन कार्कीसँगको वादविवादको कारण विष पिलाएर वर्ष १ की आइङ्का कार्की र वर्ष ३ की अर्पना कार्की दुई छोरीको हत्या गरेकी हुन ।

दुई बालिका सुन्दरहरैँचा ७ स्थित केरा बगानमा मृत अवस्थामा फेला परेकी थिइन । दुवै मृत बालिका एक अर्कालाई अँगालो मारेको अवस्थामा थिइन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार श्रीमानसँगको विवादको कारण अस्मिता दुवै छोरी लिएर घरबाट निस्किएकी थिइन । सोही केरा बगान पुगेर दुई छोरीलाई विष पिलाएर पचेको आफूले सेवन गरेको खुलेको छ ।

दुई छोरीलाई विष सेवन गराएर बाकी बचेको आफूले पनि सेवन गरेको र उक्त घटना स्थलबाट अन्त हिँडेको अस्मिताले बताएकी कार्कीले जनाएका छन् । भदौ १४ गतेबाट हराएकी अस्मितालाई १९ गते झापा बिर्तामोड नगरपालिका वडा नं.५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैङ्क अगाडी हिँडिरहेको अवस्थामा बिहान करिब ४ः३० बजे पक्राउ गरेको कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्