सुन्दरहरैँचामा निरन्तर दुई दिन सवारी दुर्घटना : केराबारी ९ का राम बहादुर मगरको मृत्यु


सुन्दरहरैँचा । सुन्दरहरैँचामा निरन्तर दुई दिन सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा ६ जना घाइते र १ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउसो करिब २ः३० बजे सुन्दरहरैँचा नगरपालिका वडा नं.८ स्थित सलकपुरमा बस र टिपरको ठक्कर भएको थियो । सलकपुरमा पूर्व पश्चिम लोकमार्ग बिराचोकबाट गछिया तर्फ जाँदै गरेको प्र १–०२–००१ ग ५२०८ नम्बरको टिपरलाई सोही दिसा तर्फ जाँदै गरेको को १ ख ७८२९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसको सहचालक सुन्दरहरैँचा वडा नं.९ बस्ने वर्ष २२ का निमा मण्डल, वडा नं.५ का वर्ष ३० की आष्मा कार्की, बेलबारी नगरपालिका वडा नं.२ निवासी वर्ष ५० की साकारुन खारुन र ५५ वर्षकी मैना खातुन घाइते भएका थिए । घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भोली पल्ट शुक्रवार सुन्दरहरैँचा वडा नं.१० खोर्सानेमा सवारी दुर्घटना भएको छ । करिब साँझ ५ बजे खोर्सानेको पूर्व पश्चिम लोकमार्ग बिराटचौकबाट बेलबारी तर्फ आउँदै गरेको प्र १–०२–००१ ख ९८८३ नं. को बसले अचानक ब्रेक लगाउँदा सोही दिशा तर्फ आउँदै गरेको प्र.१–०२–०४२ प ८१७२ नं.को मोटरसाइकल ठोक्किन गई दुर्घटना हुँदा साही दिशा तर्फ आउँदै गरेको ना.१ क ६१६७ नं. को टिपरले समेत ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि सवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक केराबारी गाउँपालिका वडा नं.९ निवासी वर्ष २२ का रञ्जित मगर र पछाडि सावर उनका बुवा वर्ष ६९ का राम बहादुर मगर भएको प्रहरीले बताए । रञ्जितको कम्मर मुनिको भाग दुवै खुट्टामा चोट लागेको छ भने मृतक राम बहादुरको टाउको , छाती, हात खुट्टामा चोट लागेको थियो । प्रहरीका अनुसार उपचारको लागि तत्कालै दुवैलाई विराटनगरको नोबेल अस्पताल पुराइएको थियो । तर पुराउनेसाथ अस्पतालले राम बहादुरलाई मृत घोषणा गरेको थियो ।

दुवै दुर्घटनामा बसको चरम लापरबाही देखिन्छ । बिहीबारको दुर्घटना मानवीय ठुलो क्षति नभए पनि ४ जना घाइते भएका छन् । जस कारण मनोवैज्ञानिक रूपमा नकारात्मक असर परेसँगै आर्थिक क्षति बेहोर्नु परेको छ । शुक्रवारको बसको लापरबाहीको कारण रामबहादुरले अकालमा ज्यान गुमाउनु परेको छ भने वर्ष २२ का रञ्जितले आफ्नो बुवा गुमाएका छन् र गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्