राष्ट्रिय युवा संघ बेलबारीले ३ सय भन्दा बढी विपन्न परिवारलाई गरे झुल वितरण


बेलबारी । राष्ट्रिय युवा संघ नेपाल, बेलबारी नगर कमिटीले ३ सय भन्दा बढी विपन्न परिवारलाई झुल वितरण गरेको छ । सोमबार बेलबारी नगरपालिका वडा नं.३, ४, ५, ८ र ९ वडाका करिब ३१५ विपन्न परिवारलाई झुल वितरण गरेको हो ।

कार्यक्रममा नेकपा एमाले मोरङ जिल्ला सदस्य तथा जनवर्गीय संघठन इन्चार्ज रबिन थापाले बेलबारीको युवा संघको कार्यको प्रशंसा गर्दै सामाजिक दायित्व प्रति युवाहरू सधैँ जिम्मेवार रहन्छ भन्ने सन्देश प्रदान गरेको थापाले बताए । दैनिक बढ्दो गर्मीसँगै लाम्खुट्टेले फैलनसक्ने विभिन्न रोगबाट सुरक्षित गर्न युवा संघले झुल वितरण गरेर स्वास्थ्य सचेतना पनि प्रदान गरेको थापाले बताएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला सदस्य योगेन्द्र सुवेदीले वडा नं.४ मा झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघको कार्यले विपन्न परिवारलाई सहयोग पुग्ने भएकोले एक उदाहरणीय कार्य गरेको बताए । भावी दिनमा पनि जनताको आवश्यकताको आधारमा अन्य कार्यक्रमहरू पनि गर्दै जाने सुवेदीले बताए ।

नेकपा एमाले बेलबारीका अध्यक्ष शंकर गुरुङले विपन्न परिवारलाई झुल वितरण गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘युवा संघ जनताहरूको सहयोगको निम्ति सक्रिय रूपमा लागेको छ । साथै अझै निरन्तर सामाजिक कार्य गर्न पार्टीको तर्फबाट प्रोत्साहन गर्न चाहन्छु । देश निर्माण र जनताको सेवामा सधैँ युवा संघ अग्रसर हुन आग्रह गर्दै राम्रो कार्यको लागि धन्यवाद व्यक्त गर्दछु ।

राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष प्रवीण घिमिरेले सामान्य झुल वितरण भए पनि ज्यान बचाउने कार्यमा युवाहरू अग्रसर भएको बताए । राष्ट्रिय युवा संघ नेपाल, बेलबारी नगर कमिटीले झुलको उपयोगिता र स्वास्थ्य जनचेतना प्रदान गरिरहेको घिमिरेले बताए । कार्यक्रममा स्थानीयलाई मलेरिया, डेंगुबाट जोगिन झुल अनिवार्य टाँगेर मात्र सुत्न आग्रह गरेका छन् ।

युवा संघको सामाजिक कार्यले जनतालाई सहयोगसँगै युवाहरूलाई असल कार्य गर्न एकता गरिरहेको नेकपा एमाले बेलबारीका सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल, बेलबारी नगर इन्चार्ज राजन प्रसाई बताउँछन् । युवा संघले जनमुखी कार्यक्रमहरू निरन्तर गर्दै जाने प्रसाईले प्रतिबद्धता गरेका छन् ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल, बेलबारी नगर कमिटीका अध्यक्ष कासी तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । बेलबारीमा युवा संघले समाजमा पुरा गर्नु पर्ने सामाजिक दायित्व निर्वाह गर्न कहिले पछि नहट्ने बताउँदै सबै क्षेत्रको विकासको लागि युवा संघले विभिन्न कार्यक्रम निरन्तर गर्दै आएको जनाएका छन् । केही समय अघि खेलकुद कार्यक्रमहरू पनि गरेको तामाङले जनाए ।

तामाङ भन्छन्, ‘राष्ट्रिय युवा संघ नेपाललाई सामाजिक दायित्व पुरा गर्न, असहायलाई सहयोग गर्न चुनाव आइरहनु पर्दैन । हामी निरन्तर सहयोगको हातहरू फैलाई रहने छौ । जनताको दुखमा सबै युवा संघ छ भन्न चाहन्छु ।’

झुल वितरण कार्यक्रमसँग बेलबारी वडा नं.३ निवासी एकल महिला मञ्जु थापाको घर निर्माणमा राष्ट्रिय युवा संघ नेपाल, बेलबारी नगर कमिटीले सहयोग गर्ने भएको छ । मञ्जुले घर जीर्ण भए पछि आर्थिक अभावको कारण घर बनाउन सकेका थिइनन् । तर अहिले स्थानीयको सहयोगमा निर्माण कार्य सुरु भएको छ । सो कार्यमा युवा संघ पनि जोड्दै आवश्यक सबै घर निर्माण कार्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता राष्ट्रिय युवा संघ नेपाल, बेलबारी नगर कमिटीले गरेको छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश सदस्य बुद्ध याक्खा, नेकपा एमाले बेलबारीका उपाध्यक्ष हेमसागर ढकाल, नेकपा एमाले बेलबारीका सचिव अजित अधिकारी, राष्ट्रिय युवा संघ नेपाल, सुन्दरहरैँचा नगर कमिटीका अध्यक्ष भविन पाण्डे, खेलकुद महासंघ बेलबारीका अध्यक्ष डम्बर श्रेष्ठ, युवा संघ बेलबारीका पदाधिकारी तथा सदस्यहरू साथै सम्बन्धित वडाका पार्टीका वाड अध्यक्ष, सचिवहरू सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्