कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।

उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेस भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कृते रहेको भन्दै उजुरी दर्ता भएको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानबिनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्