कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न


कानेपोखरी । कानेपोखरी गाउँपालिकाको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर ६ को खेलकुद मैदानमा सञ्चालित सो प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

प्रतियोगितामा कानेपोखरी ६ जनसेवा मावि ले १० स्वर्ण, ६ रजत पदकसहित प्रथम भएको छ । यस्तै,७ नम्बर जनकल्याण मावि ले ४ स्वर्ण, १ रजत पदकसहित द्वितीय स्थान हात पारेको छ भने ३ स्वर्ण ३ रजत पदकसहित सिंह देवी मावि ५ नम्बरले तृतीय स्थान हासिल गरेको छ ।

कार्यक्रममा अनुशासन तर्फ वेस्ट विद्यालय माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी बन्यो । गाउँपालिकामा २ दिन सम्म सञ्चालित प्रतियोगितामा पालिकाभित्रका १६वटा विद्यालयले सहभागिता जनाएको थिए । प्रतियोगितामा विजयी हुने विद्यार्थी र विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रमको प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले आतिथ्यता गर्नुभएको थियो भने विशिष्टका रूपमा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी रहनुभएको थियो । यस्तै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालन राजकुमार बरालले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता युवा तथा खेलकुद विकास समितिका संयोजक चरण गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्