बेलबारी र सुन्दरहरैँचामा एकै दिन करिब एकै समयमा दुई युवकले गरे आत्महत्या


बेलबारी । एकै दिन करिब एकै समय दुई युवकले एकै प्रकृतिबाट आत्महत्या गरेको छन् । बेलबारी नगरपालिका वडा नं.११ लक्ष्मीमार्ग निवासी वर्ष २६ का सबिन बिक र सुन्दरहरैँचा नगरपालिका वडा नं.३ का वर्ष २४ का पुरन राईले मङ्गलवार आत्महत्या गरेका हुन ।

दुवै युवक घाटीमा पासो लगाई मृत अवस्थामा घरैमा फेला परेका थिए । बिक आफ्नै टिनको छानो, बासको टाटिबेरा भएको भुईँ घरको कोठा भित्र काठको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डी मृत्यु भएको अवस्थामा बिहान करिब ११ः४५ बजे भेटिएका थिए । प्रहरीलाई स्थानीयले घटनाबारे खबर गरे पछि प्रहरी घटना स्थल पुगेका थिए ।

बिकको आत्महत्याको कारण खुल्न सकेको छैन । स्थानीयका अनुसार उनी घरमा एक्लै बस्थे । सबिनको आमा वैदेशिक रोजगारमा विदेशमा छिन । उनको आत्महत्याको घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेज बहादुर दाहालले बताए ।

स्थानीयका अनुसार सुन्दरहरैँचा ३ स्थित सिक्मिेटोलका पुरन राईलाई करिब ११ः४५ को समयमा लिलामाया तामाङको टिनको छानो, बासको टाटिबेरा भएको भुईँ घरको कोठा भित्र बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको थियो । राईको घटनाबारे पनि स्थानीयले नै प्रहरीलाई खबर दिएका थिए । स्थानीयका अनुसार पुरन फुपूको घरमा श्रीमती र ७ वर्षकी छोरीसहित बस्दै आएका थिए ।

स्थानीयका अनुसार पुरनले आफ्नो श्रीमतीलाई भित्रपट्टिको कोठामा थुनेर बाहिरबाट चुकुल लगाई बाहिरपटिको कोठालगाई आत्महत्या गरेका हुन । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट आत्महत्याको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्