बेलबारी जेसिजद्वारा अमर सहिदहरूको सम्झना स्वरूप दीप प्रज्वलन तथा झण्डोत्तोलन कार्यक्रम सम्पन्न


बेलबारी । बेलबारी जेसिजले सहिद दिवसको अवसरमा अमर सहिदहरूको सम्झना स्वरूप दीप प्रज्वलन तथा झण्डोत्तोलन कार्यक्रम गरेको छ । बेलबारी नगरपालिका वडा नं.१ स्थित लालभित्तीको जसिज चौकमा दीप प्रज्वलन तथा झण्डोत्तोलन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा बेलबारी ११ का वडाध्यक्ष कृष्ण गुरुङद्वारा कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी जेसिजको प्रशंसा गरे । जेसिज युवाहरूको नेतृत्व तयार गर्ने केन्द्र रहेको गुरुङले बताए । सामाजिक कार्यको निम्ति सधैँ अग्रसर हुने युवा जेसिज समूहलाई वडा नं.२ वडा कार्यालयको साथ सहयोग रहिरहने बताए ।

कार्यक्रममा बेलबारी जेसिजका पूर्व अध्यक्ष, जुनियर जेसिज कार्य समिति, जनप्रतिनिधि तथा स्थानीयहरू सबैले सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरे । कार्यक्रमको सञ्चालन महासचिव विप्लव पोखरेलले गरेका थिए भने अध्यक्ष प्रशान्त निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्