हराएकी छोरी लीलामायाको खोजीमा भौँतारिँदै छिन लाक्मती लिम्बु


सुन्दरहरैँचा । सुन्दरहरैँचा वडा नं.१२ की लाक्मती लिम्बु, छोरीको खोजीमा भौँतारी रहेकी छिन । गत असोज ९ गते देखी हराएकी वर्ष ४६ की लीलामाया लिम्बुको खोजीमा आमा लाक्मती भौँतारी रहेकी हुन ।

आमा लाक्मती लिम्बु

मानसिक रूपमा अस्वास्थ्य रहेकी लीलामाया घरबाट नै अचानक हराएकी आमा लाक्मती बताउँछिन् । आमा छोरी सुन्दरहरैँचा १२ स्थित खोसार्नेमा भाडामा बस्दै आएकी छन् । आमा लाक्मतीका अनुसार हराएको दिन रातो-सेतो टिकटिक भएको जामा लगाएकी थिइन । लीलामायाको हाइट अन्दाजी ५ फुट रहेको आमा लाक्मती बताउँछिन्।

लीलामायाको एक छोरी र एक छारा छन् । घरको आर्थिक जिम्मेवारी नातिनी रविना गुरुङले समाली रहेको लाक्मायाले बताइन । रविना हाल वैदेशिक रोजगारमा कुवेतमा छिन । छोरी लीलामाया हराए पछि एक्लो लाक्माया कहाँ, कसरी खोजौँ भन्दै अहिले सबैलाई सहयोग मागी रहेकी छिन ।

सुन्दरहरैँचाको विराटचोक प्रहरी चौकीमा खोजतलासको लागि निवेदन गर्दा पनि छोरी नभेटिए पछि सञ्चार माध्यम मार्फत नै भए पनि सार्वजनिक रूपमा सहयोगको अपिल गरिरहेकी छिन । कसैले देख्नु भए, भेट्नु भए नजिकको प्रहरी चौकी साथै ९८११३११०१० मा सम्पर्क गर्न आग्रह गरेकी छिन ।

 

हराएको दिन लगाएको लुगामा लीलामाया लिम्बुको तस्बिर
प्रतिक्रिया दिनुहोस्