इन्द्रपुर जुनियर जेसिजले ‘रन सुन्दरहरैचा’ गर्दै


सुन्दरहरैँचा । इन्द्रपुर जुनियर जेसिजको आयोजनामा रन सुन्दरहरैचा कार्यक्रम हुने भएको छ । इन्द्रपुर जुनियर जेसिजले मंगलबार सुन्दरहरैँचामा पत्रकार सम्मेलनद्वारा वैशाख १६ गते ‘रन सुन्दरहरैचा’ हुने जनकारी गराएको हो ।

सुन्दरहरैँचा नगरपालिकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान देश व्यापी रूपमा परिचित गराउनु कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रम निर्देशक उत्सव थापाका अनुसार ३ प्रकारको दौड गराइने छ । ५ किलोमिटरको रन नन प्रोफेसनल स्थानीय शैक्षिक संस्था तथा स्थानीयवासीको हुने छ भने २१ कि.मी पुरुष र महिलाको छुट्टा छुटै हाफ म्याराथन हुने छ ।

दौडमा सहभागी हुन चाहने खेलाडीहरूले अग्रिम नाम दर्ता गराइसक्नु पर्ने कार्यक्रम निर्देशक थापाले बताए । थापाका अनुसार दर्ता शुल्क रु.५ सय लाग्ने छ । दर्ता गरी दौडमा सहभागी हुने प्रतिस्पर्धीहरूलाई ‘रन सुन्दरहरैचा’ लेखिएको टिसर्ट दिइने छ । एक सय जना एथलेटिक्स खेलाडी तथा नन प्रोफेसनल ५ सय जना प्रतिस्पर्धी सहभागी गराउने लक्ष्य रहेको थापाले जनाएका छन् ।

२१ कि.मीको दौडमा प्रथम हुनेले नगद पुरस्कार रु.४० हजार, द्वितीयले रु.१५ हजार र तृतीयले रु.५ हजार प्राप्त गर्ने छन् । दौड रेकर्ड ब्रेक गर्नेलाई थप रु.२ हजार ५ सय नगद पुरस्कार प्रदान गर्ने आयोजकले बताएका छन् । ५ कि.मीको दौडमा प्रथमले रु.७ हजार, द्वितीयले रु.५ हजार र तृतीयले रु.३ हजार प्राप्त गर्ने छन् ।
पत्रकार सम्मेलनका इन्द्रपुर जुनियर जेसिज २०२३ का अध्यक्ष रिकेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन महासचिव आयुस अधिकारीले गरे ।

प्रतिक्रिया दिनुहोस्