बेलबारी नगरपालिकाद्वारा विपन्न परिवारलाई सिरक वितरण हुँदै


बेलबारी । बेलबारी नगरपालिकाले जाडोमा सिरक वितरण कार्य सुरु गरेको छ । केही दिन देखी बढ्दै गरेको जाडोमा न्यानो प्रदान गर्न नगरपालिकाले आइतबार देखी सिरक वितरण कार्य सुरु गरेको हो ।

बेलबारीको ११ वटै वडामा विपन्न तथा गरिब परिवारलाई सिरक वितरण गर्दै गरेको नगरप्रमुख दिलप्रसाद राईले बताएका छन् । विपन्न तथा गरिब परिवारको पहिचान गरी वडाबाट सिफारिस भएको प्रतिवडामा न्यूनतम ४० परिवारलाई वितरण गर्ने राईले जनाएका छन् । राईका अनुसार आइतबार २,६ र ७ वडामा सिरक वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्