सांसद आलमसहित ९ जना विरुद्ध ३ अभियोग दर्ता


रौतहट, १८ कात्तिक । विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा कारबाही गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा सांसद मोहम्मद अफताब आलमविरुद्ध अभियोगपत्र दर्ता गरेको छ ।

सरकारी वकिल कार्यालय अलाम र उनको भाइ मोहम्मद महताब आलमसहित ८ जना विरुद्ध अभियोगपत्र दायर गरेको हो ।

अलामको भाइ सहित शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्