बेलबारीका क्यान्सर पीडित विकास बचाउ अभियानमा सङ्कलित रकम सार्वजनिक


बेलबारी । बेलबारी नगरपालिका वडा ३ निवासी क्यान्सर पीडित विकास गुरुङको उपचारको लागि सङ्कलन भएको रकम सार्वजनिक गरिएको छ । स्थानीय शंकर सुवेदीको नेतृत्वमा विकास बचाउने अभियानमा जुटेका समूहद्वारा रकम सार्वजनिक गरिएको हो ।

विकास बचाउ अभियानमा रहेका लालबहादुर सुवेदीले ८ लाख ३२ हजार ४ सय २७ रुपैयाँ उपचारार्थ रकम सहयोग भएका जनाएका छन् । रकम सार्वजनिक गरेसँगै विकासलाई १ लाख ३० हजार नगद र १ लाख ५२ हजारको चेक हस्तान्तरण गरेका छन् । सहयोगीहरूलाई धन्यवाद प्रदान गर्दै कसैको नाम जुटे पुनः सार्वजनिक गर्ने सुवेदीले बताएका छन् ।

लिभर क्यान्सरबाट पीडित १ छोरा र छोरीका बुवा ३६ बर्सिया विकास अहिले पनि उपचारको क्रममै छन् । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गर्दै छन् । उपचारको लागि भएको केही जग्गा जमिन पनि बिक्री गरिसकेको विकास बत्ताऊ छन् । उनका अनुसार अहिले सम्म उपचारको लागि ४० लाख भन्दा बढी खर्च भइसकेको छ ।
विदेशबाट कमाएर ल्याएको पैसा पनि सकिसकेको छ । उनी नै घरको आर्थिक आर्जन गर्ने प्रमुख व्यक्ति थिए । तर विकास बिरामी भएसँगै घरमा आर्थिक सङ्कट आइपरेको छ । आर्थिक अभावको कारण उपचारको लागि थप सहयोग गर्न विकास आग्रह गर्छन् ।

प्रतिक्रिया दिनुहोस्