बेलबारी नगरपालिकाद्वारा ५०% अनुदानमा कृषकलाई पावर टिलर वितरण


बेलबारी, ९ श्रावण । बेलबारी नगरपालिकाले अनुदानमा कृषि औजार प्रदान गरेको छ । ५० प्रतिशत अनुदानमा कृषकलाई १५ वटा पावर टिलर वितरण गरेको हो ।

नगरपालिकाका प्रमुख डि.पी राईका अनुसार कृषिलाई आधुनिकीकरण गर्ने र कृषकलाई आत्मनिर्भर बनाउने प्रमुख लक्ष्य हो । शिक्षा, स्वास्थ्य साथै कृषि क्षेत्रको विकासमा नगरपालिकाले प्राथमिकतामा राखेर सोही अनुसार काम गरिरहेको छ । यस अघि पनि नगरपालिकाले डिजिटल काँटा, मिनी टिलर, मकै थ्रेसर लगायतका कृषि औजार वितरणको थियो ।

बेलबारी नगरपालिकाले कृषि समूहलाई पहिलो प्राथमिकता प्रदान गरी कार्यविधि अनुसार मात्र कृषि औजार वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाएका छन् । कार्की भन्छन्, ‘सूचना प्रकाशन गरी कार्यविधि अनुसार समूह, कृषि सहकारी तथा किसानलाई अनुदानमा औजार वितरण गरेको छौँ ।’ पावर टिलरमा केही समस्या आए एक वर्ष सम्म मर्मत बेलबारी नगरपालिकाले गर्दिने कार्कीले बताएका छन् ।

नगरपालिकाले अनुदानमा कृषि औजार वितरण गर्दा धेरै राहत भएको स्थानीय कृषकहरू बताउँछन् । खुशी व्यक्त गर्दै टेवा पुग्नुको साथै आत्मनिर्भर बनाउने स्थानीय कृषक रुद्ध बहादुर बस्नेत र दयाराम नेपाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्