दोस्रो खोर्साने महोत्सवमा आज रचना रिमालको प्रस्तुति रहने


सुन्दरहरैँचा, ५ वैशाख । सुन्दररहैँचामा जारी ‘दोस्रो खोर्साने महोत्सव’ को छैटौँ दिन गायिका रचना रिमालको प्रस्तुति रहने छ । चैत ३० गते समुद्घाटन भएको महोत्सवको छैटौँ दिन आज (सोमबार) गायिका रिमालको बेजोड प्रस्तुति रहने आयोजक संस्था सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।

गायिका रिमालले पनि आफ्नो फेसबुक पेजमा वैशाख ५ गते आफू खोर्साने महोत्सवमा आउन लागेको सूचना दिँदै नजिक हुने आफ्ना फ्यानमा कार्यक्रममा निम्तोसमेत गरेकी छन् ।

स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथमा खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहने मेला संयोजक सोमराज गिरीले बताए ।

सुन्दर खोर्सानो क्लबका अध्यक्ष काजिहाङ लिम्बू वैशाख ११ गते सम्म चल्ने यो महोत्सवमा शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले ढुक्क भएर आएर मेलाको रमाइलो लिन आग्रह गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्