नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक : सुरुङ मार्ग र रेलवे परियोजना


काठमाडौँ, २६ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण सम्पन्न भएसँगै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । राष्ट्रपति सी आज आइतबार नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्केका छन् ।

सार्वजनिक १४ बुँदे संयुक्त वक्तव्यमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनलाई जोड दिइएको छ । राष्ट्रपति सीको राजकीय नेपाल भ्रमणमा नेपाल र चीनबिच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमति भएको छ ।

सोही सहमतिलाई उल्लेख गर्दै संयुक्त वक्तव्यमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउनुको साथै केरुङ – काठमाडौँ सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने विषयलाई पनि संयुक्त व्यक्तव्यमा उल्लेख गरिएको छ ।

Nepal-China Joint Statement

 

प्रतिक्रिया दिनुहोस्