काठमाडौँ, २५ असोज । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई शनिवार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् ।
भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौँ अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू पनि विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीलाई स्वागत गरेका छन् ।