सीको स्वागतमा राखिएको ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण निश्चित भएसँग स्वागतको लागि तीव्र गतिमा राजधानी सिंगारिदै छ । तर स्वागतको लागि राखिएका ब्यानर च्यातिएको अवस्थामा फेला गरेको छ ।

बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा सीको स्वागतमा राखिएको ब्यानर च्यातिएको हो ।

सो व्यान च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो । दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा पक्राउ गरी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्