महरालाई प्रहरीले उनकै निवासबाट पक्राउ गरे


काठमाडौँ, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उनको निवासबाट नै प्रहरीले पक्राउ गरेको छ । महरा संसद् सचिवालयकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेको हो ।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भए पछि महरालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले निवासबाटै पक्राउ गरेको छ । पक्राउ परेका महरालाई सिंहदरबार वृत्तमा राखिने भएको छ ।

महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । पीडित महिला संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी रोशनीले, आइतबार राति कोठामा पुगेर महराले बलात्कार प्रयास गरेको किटान जाहेरी उजुरी दिएकी थिइन । शुक्रवार प्रहरीमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्