प्याराग्लाडीङ सप्तकोसीमा खस्दा एक जना घाइते


धरान, १ कार्तिक । आइतवार पानीसंगैको आएको हावा हुरीले भेडे टारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर खस्दा एक जना घाइते भएका छन् ।

प्याराग्लाडीङमा सवार धरान–१ निवासी ४८ वर्षीय रोशन अधिकारी रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । यसरी घाइते हुने व्यक्ति धरान उपमहानगरपालिका वडा नं  १ का अध्यक्ष रहेको खुलेको छ ।प्यारग्लाडीङ उडिरहेको बेलामा एक्कासि मौसममा खराबी आए पछि धरानमा अवतरण गर्न नसकेर उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच नजिकैको सप्तकोसी नदीको किनारामा प्याराग्लाडीङ खस्न पुगेको थियो ।

प्याराग्लाडीङमा सवार अधिकारीको उद्धार गरी अहिले उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । उनको ढाडमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्