कात्तिकको दोस्रो सातामा कर्णाली सरकार परिवर्तन हुने


सुर्खेत, ३१ असोज । कर्णाली प्रदेशमा कात्तिकको दोस्रो सातामा कर्णालीमा महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको प्रदेश सरकार परिवर्तन हुने भएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिचको सहमति अनुसार कात्तिक दोस्रो सातासम्ममा कर्णाली सरकार परिवर्तन हुन लागेको हो ।

सहमति अनुसार माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको स्थानमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार गठन हुने छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति कार्यान्वयनका लागि आफू तयार रहेको भन्दै यसअघि नै समयमै सत्ता हस्तान्तरण हुने प्रतिबद्धता जनाइसकेकोले गर्दा नयाँ सरकार गठन हुनेमा पक्काजस्तै देखिएको छन् । 

शाहीले कात्तिकको ५ गते देखि १० गतेभित्र आफूले राजीनामा दिएर वैकल्पिक सरकार बन्ने बताइसकेका छन् ।अब नयाँ बन्ने सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्