“सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को फाइनलसम्मको यात्रा


बेलबारी, १२ गते असोज /  सुन्दरहरैंचाको पहिलो सिङ्गिङ आइडल स्वरूप खतिवडा भए । सुन्दरहरैंचाले पहिलो सिङ्गिङ आइडल प्राप्त गरेसँगै असोज १३ गते छनोट चरणबाट सुरु भएको “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” असोज ११ गते शनिवार सम्पन्न भएको हो ।

शनिवार सुन्दरहरैंचा जेसिज भवनमा भएको “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को फाइनलमा ९ प्रतियोगीलाई उछिन्दै खतिवडा विजेता भएका हुन ।
समीक्षा घिमिरे सहविजेता भए, आयुष विष्ट उपविजेता र रोमिका राई सान्त्वना । “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” का विजेताले रु.२५ हजार, सहविजेताले रु.१५ हजार र उपविजेताले रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।


फाइनलको उद्घाटन सुन्दरहरैचाका मेयर शिव ढकालले गरे भने सुन्दरहरैंचा साँस्किृतिक परिवारका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विजय तामाङको अध्यक्षतामा सम्पन्न भयो ।

फाइनलको निर्णायक वरिष्ठ लोक गायक बालकृष्ण कार्की, संगितकर्मी भीम बस्नेत र सङ्गीत प्रशिक्षक गणेश रिजाल रहेका थिए ।

सुन्दरहरैंचा सिङ्गिङ आइडलको अडिसन (छनोट चरण)

मोरङको सुन्दरहरैंचामा “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को अडिसन भाद्र १३ गते देखी सुरु भएको थियो । सुन्दरहरैंचा सांस्कृतिक परिवारले सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” गर्दै थिए ।


यो खबरले नगरबासी जो कोही उत्साहित थिए । “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को अडिसन शुक्रवार वाड नं. ८ स्थित जुपिटर बोर्डिङ स्कुल, गछियामा र १४ गते शनिवार वाड नं. १० स्थित सिद्धार्थ बोर्डिङ स्कुल, खोर्सानेमा गर्ने आयोजकले निर्णय गरे । सुन्दरहरैंचाको सान, पहिलो सुन्दरहरैंचा सिङ्गिङ आइडल बन्न चाहने सङ्गीत प्रेमी सबै भाद्र १३ र १४ गतेको पर्खाइमा थिए ।

पहिलो चरणको अडिसन

आयोजक टोली भरखर पुग्दै थिए । तर जुपिटर बोर्डिङ स्कुलमा अडिसन दिन आउने प्रतियोगीहरूको आयोजक टोली भन्दा अगाडी नै उपस्थिति भैसकेको रहेछ ।
कोही गीत गाउँदै प्रक्टिस गर्दै थिए त कोही फारम भर्न आतुर थिए । पहिलो चरणको अडिनमा ८५ प्रतियोगीहरूको सहभागिता भएका थियो । सहभागी प्रतियोगीहरू मध्य ५१ जना मात्र छनोट भए ।


निर्णायक सङ्गीत कर्मी भिम बस्नेत, भिम रसाइली, गोकुल न्यौपाने र यमुना पराजुलीलाई ८५ जना मध्यबाट ५१ जना छनोट गर्न निकै गारो थियो । तर छनोट त गर्नु नै थियो । अडिसनको अन्तमा भोक र तिर्खालाई शान्त पर्दै निर्णायकहरुले कोहीलाई आर्को पटक फेरी आउन अनुरोध गरे, कोहीलाई सङ्गीतमा साधना अझै गर्न सुझब दिँदै अन्ततः ५१ जनालाई छनोट गरेरै छाडे ।

दोस्रो चरणको अडिसन

दोस्रो चरणको अडिसनमा पनि प्रतियोगीहरूको उत्साहजनक सहभागिता रहेको थियो । अन्तिम अडिसन अथवा दोस्रो अडिसन शनिवारको दिन वाड नं. १० स्थित सिद्धार्थ बोर्डिङ स्कुल, खोर्सानेमा सम्पन्न भयो ।


अडिसनमा सय भन्दा बढी प्रतियोगीहरूको सहभागिता रहेको थियो । तर निर्णायकहरूले ४७ सम्भावना बोकेका प्रतियोगीहरूलाई मात्र छनोट गर्न सके । अन्तिम अडिसनका निर्णायक सङ्गीत कर्मी भीम बस्नेत, भीम रसाइली, गोकुल न्यौपाने, गणेश भट्टराई र चलचित्रकर्मी विवेक रिजाललाई निकै गारो भएको थियो । गारो पनि किन नहोस, सुन्दरहरैँचाको सान पहिलो सुन्दरहरैंचा सिङ्गिङ आइडल प्राप्त गर्नु थियो ।


पहिलो र दोस्रो अडिसनबाट ९८ प्रतियोगी छनोट भए र प्रि सेमिफाइनलमा प्रवेश गर्न सफल भए ।

प्रि सेमिफाइनल

निर्णयकहरुलाई प्रि सेमिफाइनलबाट ४० जना मात्र छनोट गर्नु थियो । भाद्र १७ गते मङ्गलवार भएको प्रि सेमिफाइनलमा ९८ प्रतियोगी मध्यबाट ४० छनोट भए । निर्णायकहरुलाई क्रमशः छनोट प्रक्रियामा सहज भने पक्कै थिएन ।


प्रि सेमिफाइनलमा निर्णायक सङ्गीत कर्मी भीम बस्नेत, शेखर थापा मगर र गोकुल न्यौपाने थिए । निर्णयकहरुको निर्णय अनुसार ४० जना सेमिफाइनलमा प्रवेश गरे । सेमिफाइनल भने टप टेन प्रतियोगी छनोट गर्नु थियो । सेमिफाइनल भाद्र २१ गते थियो ।

फाइनलमा प्रवेश गर्नको लागी प्रतियोगीहले टपटेन भित्र आफू अटाउन अनिवार्य नै थियो । टपटेनमा नपरे पहिलो सुन्दरहरैंचा सिङ्गिङ आइडल बन्नबाट वञ्चित हुन्थिए ।

सेमिफाइनल

भाद्र २१ गते शनिवार भएको सेमिफाइनलमा टप टेन प्रतियोगी छनोट भए । टप टेन मा छनोट भएका वाड नं. ३ का स्वस्तिका परियार, सुशील थापा, वाड नं. ८ का स्वरूप खतिवडा, सिमोन उराउ, सुनिल अधिकारी, निशान्त तामाङ, वाड नं. ९ का समीक्षा घिमिरे, वाड नं. १० का, रोमिका राई, आयुस विष्ट र सागर तामाङ फाइनलमा प्रवेश गर्न सफल भए ।


छनोट भएका टप टेन प्रतियोगीहरूले सुन्दरहरैचाका मेयर शिव ढकाल लगायत नगरका जनप्रतिनिधीहरुसँग भेटघाट गर्ने अवसरमा आफ्नो गायन कलाले मन्त्रमुक्त बनाएका थिए । तर सुन्दरहरैंचाको सान पहिलो सुन्दरहरैंचा सिङ्गिङ आइडल भने को बन्ने हो त्यो त फाइनलले नै निर्णय गर्नु पर्ने थियो ।
अयोजकले टप टेन प्रतियोगीहरूलाई २० दिनको सङ्गीत साधना प्रशिक्षण गराए ।

फाइनल

शनिवार असोज ११ गते सुन्दरहरैंचा जेसिज भवनमा बेलबारी नगरपालिकाका मेयर शिव प्रसाद ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।
सुन्दरहरैंचाको पहिलो सिङ्गिङ आइडल स्वरूप खतिवडाले “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” का ९ फाइनलिटहरुलाई पछि पर्दै विजेता भए ।


सुन्दरहरैंचा सांस्कृतिक परिवारले सुन्दरहरैंचालाई पहिलो सिङ्गिङ आइडल दिन सफल भए । सुन्दरहरैंचावासी पनि स्वरूप खतिवडालाई पहिलो सुन्दरहरैंचा सिङ्गिङ आइडलको रूपमा पाउँदा उत्साहीत र खुसी नै देखिए ।


फाइनलका निर्णायक तथा वरिष्ठ लोक गायक बालकृष्ण कार्कीले प्रतियोगीको नतिजालाई घोषणा गर्दा कार्यक्रम हल उत्साहले भरिएको थियो भने प्रतिभाप्रतिको सम्मानमा जो कोही उठेर, घोषणा लगतै तालिको गडगडाहट आवाजले गुन्जयमान थियो ।

स्थानीय स्तरमा लुकेको प्रतिभाहरूलाई सुन्दरहरैंचा सांस्कृतिक परिवारले प्रस्फुटन गर्दै सुन्दरहरैंचा सिङ्गिङ आइडलद्वारा राम्रो अवसर प्रदान गरेको छ । भावी दिनमा पनि सुन्दरहरैचा नगरपालिकासँगको समन्वयमा यस कार्यक्रमलाई निरन्तरता दिने, सुन्दरहरैंचा सांस्कृतिक परिवारका अध्यक्ष आन्नद बस्नेतको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्