राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने


काठमाडौँ, ३० असार । राष्ट्रिय जनमोर्चाले देउवा नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ । विपक्षी गठबन्धनमा रहे पनि जनमोर्चा सरकारमा नगई बाहिरैबाट सहयोग गर्ने भएको हो ।  

राष्ट्रिय जनमोर्चाको बुधवार बसेको केन्द्रीय कमिटी बैठकले वर्तमान सरकारमा सहभागी नहुने निर्णय गरेको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सरकारमा सहभागी नभए पनि पार्टीले बाहिरबाटै देउवा सरकारलाई सहयोग बताएकी छिन् । 

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । 

प्रतिक्रिया दिनुहोस्