एकता युवा क्लब सुन्दरहरैचाद्वारा १०९ विपन्न परिवारलाई राहत सामाग्री वितरण


सुन्दरहरैचा, २५ ज्येष्ठ । एकता युवा क्लबले सुन्दरहरैचा वडा नं. १० मा राहत सामाग्री वितरण गरेको छ । सोमबार चण्डेश्वरी आधारभूत विद्यालय, सुन्दरहरैचा १० मा स्थानीय ५० परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

क्लबका अध्यक्ष विक्रम राईका अनुसार ज्येष्ठ २० गते देखी सुरु गरेको “आफू पनि बाचै र अरूलाई पनि बचाउ अभियान” को ५ औँ दिन सम्म १०९ परिवारलाई क्लबले राहत सामाग्री वितरण गरिसकेको छ । सोमबार वितरण गरिएको राहत सामाग्री सुन्दरहरैचा नगर कार्यपालिकाका सदस्य भक्तकिरण राईको आर्थिक सहयोगमा भएको अध्यक्ष राईले जानकारी दिएका छन् । 

कोरोना महामारीको कारण उत्पन्न विभिन्न समस्या तथा निषेधाज्ञाको कारण मजुर तथा विपन्न परिवारलाई आयआर्जनकोबाटै बन्दा भएसँगै दैनिक खाद्यान्न सामाग्री जुटाउनु नै गारो पर्ने भएकोले सहयोगी भावना भएका स्थानीयको आर्थिक सहयोगमा राहत सामाग्री वितरण गरिरहेको क्लबका अध्यक्ष राईले बताए । निषेधाज्ञा अवधिभर अभियान जारी रहने राईले जनाएका छन् ।

राहत वितरण कार्यक्रममा सुन्दरहरैचा नगर कार्यपालिका सदस्य भक्तकिरण राईले क्लबको कार्यको प्रशंसा गर्दै अभियानलाई सफल बनाउन निरन्तर सहयोग गरी रहने प्रतिबद्धता गरेका छन् । कोही पनि भोको पोट नरहुन् भन्ने क्लबको उद्देश्य रहेकोले सहयोग गर्न सक्ने व्यक्ति तथा संस्थाहरू पनि यस असल कार्यमा जोडिन राईले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्