राष्ट्रियसभा उपचुनावमा एमालेलाई राप्रपाले सहयोग गर्ने


काठमाडौँ, १ जेठ । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेलाई सहयोग गर्ने भएको छ । 

शीर्ष नेताहरूबिच शनिवार भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गरेको बताउँदै एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने सङ्केत गरेका हुन् । 

थापाले औपचारिक निर्णय नभए पनि एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्