चिनिया भेरोसेल खोप लगाउने कार्यमा रोक


काठमाडौँ, बैशाख १६ । सरकारले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने कार्यमा रोक लगाएको छ । यसअघि बिहिबार पनि खोप लगाउने कार्य जारी रहने बताइए पनि स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य बिहीबारदेखि काठमाडौँ उपत्यकाका लागि स्थगित गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।

सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेकाले खोप लगाउने कार्यक्रम स्थगित गरेको बताए पनि अन्य कुरा भने खुाइएको छैन । चिनले नेपाल सरकारलाई भेरोसेल खोपको आठ लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाइएको र यही खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्