सुन्दरहरैँचा मेयरकपको उपाधि पथरिशनिश्चरेले जित्यो


बेलबारी, १५ बैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको उपाधि पथरिशनिश्चरे नगरपालिकाले हाता पारेको छ । मोरङको सुन्दरहरैचा स्थित शुक्रबारे खेल मैदानमा मङ्गलवार सम्पन्न फाइन खेलमा सुन्दरहरैचालाईका विरुद्ध १ गोलले पराजित गर्दै पथरिशनिश्चर नगरपालिकाले उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलेका पहिलो हाफमा पथरिशनिश्चरेका जर्सी नं १७ का सन्तोष न्यौपानेले पहिलो गोल प्रहार गरेका थिए । सन्तोष न्यौपाने पहिलो गोलले नै उपाधि चुम्न सफल भएको थियो । पहिलो गोल पश्चात् आयोजक टिमका तर्फबाट पटक पटक गोलको प्रयास भए पनि पथरिशनिश्चरेका गोलकिपर अर्जुन बस्नेतले त्यसलाई असफल तुल्याइदिएका थिए ।

विराटनगर महानगरपालिका सहित मोरङका विभिन्न ९ वटा टिमको प्रतिष्पर्धा रहेको प्रतियोगितामा विजेता टिमले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाएका कार्यक्रमको व्यवस्थापक संस्था शुक्रबारे फुटबल क्लबका अध्यक्ष जयनायण चौधरीले जानकारी दिएका छन् । विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य चन्द्रकुमार गुरुङ, सुन्दरहरैचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल तथा उपप्रमुख धना तामाङले पदक तथा प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्