सुन्दरहरैचाका युवाहरूद्वारा सञ्चालित फुट बैँकको खाद्यान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न


मोरङ, १६ भदौ । सुन्दरहरैचामा एक युवाहरूको समूहले भदौ ११ गते देखी सञ्चालन गरेको फुट बैँकद्वारा खाद्यजन्य सामाग्री वितरण कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ । युवाहरूले खाद्यान्न अभाव भएकाहरूको लागि एक हप्ताको लागि सञ्चालन गरिएको फुट बैँक आज देखी बन्द गरिने भएको हो ।

हुनेले दिएर जाऔँ नहुनेले लिएर जाऔँ भन्ने नाराका साथ १० जना युवाहरूको एक समूहले सञ्चालन गरेको फुट बैँकमा निःशुल्क खाद्यजन्य वितरण भइरहेको थियो । आयोजकका अनुसार ५ सय भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

कोरोनाको जोखिमको कारण गरिएको लकडाउनले अति विपन्न परिवारलाई रोगले नभएर भोकले मर्ने अवस्था भएको बेला फुट बैँकको सञ्चालन गरेर खाद्यान्न सहयोग गर्ने स्थानीय युवाहरूको अभियान उत्कृष्ट मानव सेवाको कार्य रहेको स्थानीय समाजसेवी ललित श्रेष्ठ बताउँछन् ।

स्थानीय संघसंस्था तथा व्यक्तिद्वारा भएको आर्थिक तथा खाद्यान्न सहयोगले फुट बैँक सञ्चालन गर्न सफल भएको कार्यक्रमका संयोजक राजीव रिमालले बताएका छन् । फुट बैँकको आवश्यकताको महसुस भए पुनः. सञ्चालन गर्ने रिमालले बताएका छन् । फुस मागको जाडोमा विपन्न परिवारको लागि क्लोथ बैँक पनि सञ्चालन गर्ने योजना रहेको रिमालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्